निजी विद्यालय सञ्चालकहरूले विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षा पुनः सञ्चालन गर्ने भएका छन् ।
निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले ८ साउनदेखि अनलाइन कक्षा चलाउने निर्णय गरेको हो ।
यसैबीच, शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले विद्यालय पुनः सञ्चालनका विषयमा प्याब्सन, एनप्याब्सन, अभिभावक महासंघ र शिक्षकहरूसँग मन्त्रालयमा छलफल गरेका थिए । छलफलमा सहभागी अधिकांशले विद्यालय खोल्नुपर्ने सुझाव दिएका थिए ।
प्याब्सन र एनप्याब्सनले १ साउनदेखि अनलाइन कक्षा बन्द गरेका थिए ।