प्रदेश नं १ मा ११ जनामा कोरोना संक्रमण

२३ मंसिर, विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश नं १ को तीन जिल्लामा मात्र कोरोना सङ्क्रमित देखिएका छन् । सङ्क्रमण दर पनि अत्यन्त न्यून रहेको पाइएको छ ।

सुनसरीमा पाँच, मोरङमा तीन, झापामा दुई र प्रदेश बाहिर एक गरी कूल ११ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३४६ को पीसीआर र १२१ जनाको एन्टिजेन परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित देखिएको हो ।

प्रदेशमा आजै ११ महिलासहित २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक पुरुष र एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

[sidebar name="button post"]