बुटवलबाट लागूऔषधसहित चार जना पक्राउ

१७ कार्तिक, बुटवल । रुपन्देही प्रहरीले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा-४ शिवनगरका शंकर नेपाल, तिलोत्तमा-३ का केशव गिरी र बुटवल उपमहानगरपालिका-११ का दीपक नेपाली पक्राउ परेका हुन् ।

बुटवल–१३ पवित्रनगरस्थित चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनीहरुको साथबाट ११ ग्राम ब्राउनसुगर जफत गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलबाटै खटिएको टोलीले बुटवल-१७ रानीगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल बस्ने रवी लामा रहेका छन् । उनको साथबाट ब्राउन सुगर ५०० मिलिग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ ।