ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

१७ कार्तिक, जाजरकोट । नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नलगाडको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीको ज्यान गएको हो । नलगाड-८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए । ट्याक्टर नम्बर खुलेको छैन ।

[sidebar name="button post"]