प्रदेश नं १ मा ८१३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

३ भदौ, विराटनगर। पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ७८६ जनामा कोरोना पुष्टि भएको छ । सो अवधिमा एक हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र एक हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीमा ९०, पाँचथरमा १०, इलाम, धनकुटा र उदयपुरमा छ/छ, सङ्खुवासभामा दुई र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । सोही अवधिमा प्रदेशमा आजै ५१६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २४६ महिला र २७० पुरुष छन् ।

पछिल्लो २४ घण्टामा दुई महिलासहित आठ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।