भदौ ९ गतेदेखि काठमाण्डौ उपत्यकामा भेरोसेलको दोस्रो डोज लगाइने

३ भदौ, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा भदौ ९ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने भएकाे छ । कोरोना विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकले भदौ ९ गते मंगलबारदेखि खोपको दोस्रो डोज पाउने भएका हुन् ।

खोप कार्यक्रम अन्तरगर्त साउन १४ गतेदेखि भेरोसेलको पहिलो डोज लगाई तीन हप्ता पूरा भएका २ लाख १६ हजार नागरिकहरुलाई दोस्रो डोज दिइने छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार काठमाण्डौमा १४४ खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइने छ । भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।