काठमाण्डौ उपत्यकामा थपिए ८६७ जना कोरोना संक्रमित

३ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ६३९ ,भक्तपुरमा १०१ र ललितपुरमा १२७ जना कोरोना संक्रमित थपिएका हुन्।

त्यस्तै पछिल्लो २४ देशभर थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको छ।

हाल देशभर ४० हजार ५०० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।