थप ३०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

३ भदौ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७५४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै गत २४ घण्टामा देशभर ३३ जना संक्रमितको मृत्यु भएको छ भने २१२६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४० हजार ५०० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।