श्रीमानको हत्या आरोपमा बर्दियामा श्रीमती र छोरा पक्राउ

श्रीमानको हत्या आरोपमा बर्दियामा श्रीमती र छोरा पक्राउ परेका छन्।

प्रहरीका अनुसार सोमबार साँझ बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ बादरधरियाका ३८ वर्षीय लक्षिराम थारूको हत्या आरोपमा उनकी श्रीमती ३८ वर्षीया सीता थारू र १८ वर्षीय छोरा आकाश थारू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेमबहादुर शाहीका अनुसार मृतक लक्षिराम थारूले रक्सी खान भन्दै श्रीमती सीतासँग एक सय रुपैयाँ मागेको र सोही विषयमा उनीहरूबीच झगडा भएको थियो ।

झगडापछि कुटपिट हुँदा लक्षिराम थारु घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको भन्ने खबरपछि ईलाका प्रहरी कार्यालय ढोढरीबाट टोली खटिएको थियो। टोलीले मृतककी श्रीमती सीता र आकाशलाई नियन्त्रणमा लिएको हो।

 

[sidebar name="button post"]