लोक सेवाका परीक्षाहरु १५ साउनदेखि

लोक सेवा आयोगले कोरोना संक्रमण महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

आयोगले ११ वटा विज्ञापनमा रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगायतको कार्यतालिका सार्वजनिक गरिसकेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

 रोकिएका परीक्षाहरु तीनदेखि चार महिनाभित्र सन्चालन गरिसक्ने लक्ष्य छ । परीक्षाहरु जतिसक्दो छिटो सक्न दुईदेखि तीन सिˆटमा परीक्षा सन्चालन गर्ने तयारी आयोगले गरेको छ ।
कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए ।
[sidebar name="button post"]