Ad #144479

नेपाल-भारतसँग जोडिएका सिरहाका सबै सीमानाका सील गरिएको छ ।

कोभिड-१९ को संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा नियन्त्रणका लागि भन्दै सिरहाका सबै सीमानाका सील गरिएको हो ।

भारतीय सिमाक्षेत्रसँग जोडिएका ठाडी, बरियारपट्टी, औरही, झाझपट्टीलगायत सबै नाकाबाट आवतजावत गर्न अब पूर्ण रोक लगाइएको छ ।

बढ्दो कोभिड–१९ को जोखिमलाई दृष्टिगत गरी भारतीय सीमासँग जोडिएका नाकाहरू सील गरिएको हो ।