Ad #144479

२२ वैशाख, काठमाण्डौ। कोरोनाको उपचार गराएर केही दिनअघि अस्पतालबाट डिस्चार्ज भएका कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन्।

अक्सिजन लेभल घटेपछि बुधबार उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनको पारिवारिक श्रोतले जनाएको छ।

कोरोना संक्रमण भएपछि १० वैशाखमा उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि १७ वैशाखमा अस्पतालबाट उनी घर फर्किएका थिए।