५ वैशाख, कैलाली। कैलालीमा १० दिन विद्यालय बन्द गरिने भएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो
जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले संक्रमणको जोखिम बढेसँगै आगामी १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरेको बताइएको छ ।
सो अवधिमा विद्यार्थीले परीक्षाको तयारी गर्न सक्नेसमेत जनाइएको छ। प्रशासन कार्यालयले कोरोनाको अवस्थालाई हेरेर आगामी १० दिनपछि सबै विद्यार्थीहरुको परीक्षा गर्न सकिने जनाएको छ। बैठकमा जिल्लाका सबै स्थानिय तहका जनप्रतिनिधीको सहभागिता रहेको थियो।












