Ad #144479

५ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकामा सर्वाधिक ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाण्डौमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

हाल देशभर ८५ क्वारेन्टिनमा, ११६ जना आइसीयू र ४६ जना भेन्टिलेन्टरमा रहेका छन् । पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएका छन्।