सेनिटाइजर सेवनका कारण कोसी अस्पताल विराटनगरमा दुईजनाको मृत्यु

१७ फागुन, विराटनगर । सेनिटाइजर सेवनका कारण कोसी अस्पताल विराटनगरमा एकैदिन दुईजनाको मृत्यु भएको छ ।

श्रीमतीसँग विवाद हुँदा सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको छ ।

यसैगरी झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरीको पनि मृत्यु भएको छ ।

गिरीले मदिरा भनेर सेनिटाइजर सेवन गरेकी थिइन् । मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेका थिए । मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा सेनिटाइजर सेवन गरेकी थिइन् ।

 

[sidebar name="button post"]