Ad #144479

२१ माघ, काठमाडौं ।  ताप्लेजुङको सिनाममा मंगलबार दिउँसो करिब ४ बजेतिर आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।  सिरिजंघा १ सिनाम डाँडा गाउँका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । प्रहरी कार्यालका अनुसार बच्चाले भान्सामा आगो फुक्ने क्रममा घरमा आगो सल्किएको हो ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगलागीबाट ५६ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीको छ । पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् ।