Ad #144479

२१ माघ, काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले बुधबार आज तराईका जिल्ला बाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाको आजको माैसमी बुलेटिन अनुसार तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको जनाइएको हो ।

मौसमी बुलेटिन अनुसार नेपालमा भोलि प्रवेश गर्ने पश्चिमी वायुको प्रभाव पछि भने तराईका जिल्लामा हुस्सु कुहिरो हट्दै जाने अनुमान गरिएको छ ।

आज बेलुका पश्चिमी वायुको प्रभावका कारण पश्चिम क्षेत्रको मौसम बदली हुने सम्भावना छ । पश्चिमका धेरै ठाउँमा भोलि पानी पर्ने र देशका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहेको छ । पश्चिमी वायुको प्रभाव आउँदो शनिबारदेखि कमजोर हुँदै जाने छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ २१ गते (बुधबार)

दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदली  साथै अन्य भूभागहरुमा  मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

रातीदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

माघ २२ गते (बिहिबार)

दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदली  साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ र सुदूर पश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का बर्षा हुने सम्भाबना पनि रहेको छ।

 रातीदेशको सुदूर पश्चिम, कर्णाली प्रदेशगण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपाको संभावना छ र सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश , लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम बर्षा हुने संभाबना छ।

 माघ २३ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का  देखि मध्यम वर्षाको संभावना रहेको छ।देशका उच्च पहाडी र हिमाली भू-भागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।
रातीदेशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का  देखि मध्यम वर्षाको संभावना रहेको छ।देशका उच्च पहाडी र हिमाली भू-भागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।