प्रेमिकालाई गोली हानेर हत्याको अभियोगमा १० बर्षपछि पक्राउ

९ माघ, काठमाडौं । दश वर्षअघि प्रेमिकालाई गोली हानेर हत्याको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङ, छाँगे–१ घर भई काठमाडौंको टोखा क्षेत्रमा लुकिछिपी बस्दै आएका कुमुकहाङ लिम्बु रहेका छन् । पाँचथर प्रहरीका अनुसार २०६७ मा लिम्बुले सामान्य विवादमा प्रेमिकालाई गोली हानेका थिए ।

काठमाडौं प्रहरी परिसर टेकुले जिल्ला प्रहरी कार्यालय, पाँचथरको आग्रहमा उनलाई पक्राउ गरेको हो । लिम्बुलाई कानुनी कारबाहीका लागि पाँचथर पठाउने तयारी गरिएको छ ।

[sidebar name="button post"]