२९ पुष, काठमाडाैं । प्रहरीले काठमाडाैंकाे नैकापबाट ४ जना जुवाडेलाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-१३ पुरानो नैकापस्थित चौरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ बर्षीय वियज बुढाथोकी समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई नगद १५ हजार २० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












