Ad #144479

२९ पुष, सर्लाही । सर्लाही प्रहरीले रेलवे फाँटबाट १० किलो गाँजासहित २ जना पक्राउ गरेको छ । मंगलबार साँझ प्रहरीले ईश्वरपुर नगरपालिका-१३ रेलवे फाँटस्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोहत्तरी गौशाला नगरपालिका-३ बस्ने ५० वर्षीय नवल किशोर साह र उनकी श्रीमती ४० वर्षीया उर्मीला देबी साह रहेका छन् ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी गौरिशंकरबाट खटिएको प्रहरीले ज.११ प ७९७१ नम्बरको मोटरसाइकलमा फुलजोरबाट मोहत्तरीतर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्नेक्रममा मोटरसाइकलको बीचमा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।