आज पुष १४ गते, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि.सं. २०७७ साल पौष १४ गते । मंगलबार । इ.स.२०२० डिसेम्बर २९ तारिक । नेपाल संवत् ११४१ । आज काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेटमा,सूर्यास्त १७ बजेर १६ मिनेटमा ।

आजको तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

व्यापारमा प्रशस्त समय खर्चिए पनि आम्दानि थोरै हुँदा दैनिक कामहरु प्रभावित हुन सक्छन् । छिमेकी तथा दाजुभाईसँग सामान्य कुरामा बिवाद बढ्ने छ। बाहिरका मानिससँग न्यायिक निर्णयहरुमा सामेल भए हारिने सम्भावना रहेको छ । सामाजिक तथा परोपकारी क्षेत्रमा सामेल भए पनि आलोचना गर्नेहरुको बिगबिगी रहने छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिने छ । प्रशस्त रुपैया पैसा कमाउन सकिने छ । धन तथा भौतिक सम्पती राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिने छ । माया प्रेममा आत्मियता बढ्ने छ। पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने छ । भोजनसँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिने छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :

भौतिक बस्तुको प्रयोग गर्न पाईने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिने छ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाईहरु खुशि हुनेछन् । पढाइल लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिने छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने छ । नौलो प्रकृतिको काम गरेर आम्दानिका स्रोत बढाउन सकिने छ। व्यापारमा लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

स्वदेशी सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ। विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुने छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

ईच्छाहरु पुरा गर्नको लागि बढि नै समय खर्चनु पर्ने हुन सक्छ । दाजुभाईसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । सामान्य स्यास्थ्यमा समस्या आई रुपैंया पैसा खर्च हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ। आत्मिय मित्र तथा आफन्तसँग घरायसी कुरामा राज बाजिने छ । व्यापार व्यावसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ । नयाँ ठाउँबाट लगानिको प्रस्ताव आएपनि केहि समय कुर्नु नै पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :

स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुने छ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार होइने छ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा छुट्टिनु पर्ने बाध्यता आउने छ । पढाइ लेखाइमा भने विद्यार्थी वर्गहरुले अली बढी ध्यान दिए सफलता हात पार्न सक्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

नसोचेको उपलब्धी हाँसिल हुने छ। समयले साथ दिने हुनाले तारिफ योग्ग काम गरी चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईने हुनाले असजिला कामहरु सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुशार अपडेट नहुदा अरुभन्दा पछी परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाइ लखाइमा ध्यान नजादा अरुकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवन साथिसँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

बिभिन्न कारणले कामहरु रोकिन सक्छ ध्यान दिनुहोला । व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा साझेदारी व्यावसायमा लगानी गर्नेहरुले ध्यान दिनुहोला साझेदारहरु बीच मनमुटाब सिर्जना हुनेछ । व्यावासायिक यात्रा हुने भएपनि बाटोमा दुख पाईने तथा अनाबस्यक ठाउमा खर्च हुनेछ । प्रेममा नचाहादा नचाहादै एक अर्का बीच छुट्टिनु पर्दा मन खिन्न हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

स्वास्थ्यमा समस्या देखिने हुुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेकोछ । काममा ढिला शुस्ति,बैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेकोछ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नती तथा नया काम पाउने योग केही दिनको लागि टरेर जानेछ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जना गर्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइ अधुरै रहनेछ भने न्यायिक निर्णयहरु तपाईँको विपक्षमा फैसला हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम एक कदम अगाडी आउनेछ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयर बजार तथा बैकिङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिले तपाईँको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

माया प्रेममा अबिश्वास सिर्जना हुने छ। घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहने छ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढि नै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा ईष्ट मित्रसँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।

राशिफलमा जे जस्तो भनेपनि आजको तपाईंको दिन शुभ रहोस्।

[sidebar name="button post"]