२४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टा यता १४ जनाको कोरोना संक्रमितको मुत्यु भएको छ । यससँगै हालसम्म नेपालमा १६५१ जनाले ज्यान गुमाएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।हालसम्म नेपालमा २ लाख ३० हजार ५३७ले कोरोनामुक्त भएका छन् ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेका छन् ।












