Ad #144479

२४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको कोरोना परीक्षण गर्दा १०५६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

हालसम्म नेपालमा २ लाख ३० हजार ५३७ले कोरोनामुक्त भएका छन् ।  यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेका छन् ।