२३ मंसिर, काठमाडौं । काेराेना भाइरस महामारीका कारण नेपाल र भारत नियमित उडान गत चैतयता महिनादेखि नै बन्द भएको हो । भारतले प्रस्ताव गरेको एयर बबल अवधारणा अनुरुप सरकारले भारत-नेपाल दुबैतर्फबाट दैनिक एक-एक उडान गर्ने निर्णय गरिसकेको छ । १० मंसिरमा नै नेपाल सरकारले यो निर्णय गरेपनि अझै उडान भने सुरु हुन सकेको छैन ।
भारत उडान गर्न नेपालबाट नेपाल एयरलाइन्सलाई तोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसहितका निकायले आवश्यक प्रक्रिया पुरा गरेका छन् । अब भारतको तर्फबाट मिति तय हुनासाथ नेपाल नेपाल एयरलाइन्सले दिल्लीमा उडान थाल्ने एयरलाइन्सले जनाएकाे छ । तर नेपालको तर्फबाट भने सबै प्रक्रिया पुरा भैइसकेकाे छ ।
एयर बबल अवधारणा भारतले कोरोना भाइरसको संक्रमणपछि मुलुकहरुले आफ्ना नागरिकलाई लैजान सक्ने गरी ल्याएको अवधारणा हो । यस स्किमअन्तर्गत नेपाल आउने यात्रुले यात्रु थाल्नु अगाडी नै अन्तर्राष्ट्रिय ट्राभल अनलाइन फारम भर्नुपर्ने भएको छ । उक्त उडान भरे र विमानमा बोर्डिङ हुने समय भन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिर्पोट नेगेटिभ भएका यात्रुलाई मात्र नेपाल ल्याउन पाइने गरी मन्त्रिपरिषद्ले शर्त तोकेको छ ।
सरकारले गत भदौबाट अन्तर्राष्ट्रिय उडान खुकुलो बनाएकाे छ । अन्तर्राष्ट्रिय उडान खुलेको समयमा पनि यात्रुले भने स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्छ ।












