Ad #144479

२४ मंसिर, एजेन्सी । नेपालमा मात्र नभएर विश्वभर टिकटक एकदमै लोकप्रिय छ । यसले घरभित्र रहेका प्रतिभा बाहिर निकाल्ने र उजागर गर्न सहयोग गरेको छ । तर टिकटकका फाइदा सँगै बेफाइदा पनि धेरै छन्।

टिकटक पनि अन्य चर्चित सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम, स्काईप जस्तै चर्चित भएको छ । अझ कलाकारिता मन पराउनेहरुको लागि त राम्रा थलो मध्ये एक हो टिकटक। अहिलेका युवा पुस्तामा टिकटकको क्रेज बढेको छ ।

सामाजिक सञ्जाल टिकटकमा कोभिड–१९ को प्रतिबन्धका नियम तोडेको गर्व गर्दै भिडियो पोष्ट गर्ने अमेरिकाको ओरेगनकी नर्सले जागिर चट भएकाे छ । सालेम हेल्थ नामक अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनलाई कामबाट निकालेको जानकारी दिएको हो ।

भिडियोमा एस्ली ग्रेम्सले स्क्रब्स र स्तेथोस्कोप लगाएर देखिएकी छिन् । उनले भिडियोको क्याप्सनमा लेखेकी छन्, ‘जब मेरा सहकर्मीले थाहा पाउँछन् कि म अझै यात्रा गर्छु, बाहिर निस्कदा मास्क लगाउँदिन र मेरा छोराछोरीलाई प्लेडेटमा जान दिन्छु ।’

गत नोभेम्बर २७ मा पोष्ट गरेको भिडियो भाइरल बनेपछि ग्रेम्सलाई प्रशासनिक बिदामा पठाइएको थियो । भिडियोलाई उनको अकाउन्टबाट हटाइए पनि सामाजिक सञ्जालमा अझै पनि सो भिडियो सेयर भइरहेको छ । भिडियो भाइरल बनेपछि तत्कालै अस्पतालले सो भिडियो महामारीको गम्भीरतालाई अवमूल्यन गरेको बताएको थियो ।

अहिले भने ग्रेम्सले आफै जागिर छाडेको वा उनलाई निष्काशन गरिएको भन्ने चाहिँ अस्पतालले खुलाएको छैन । फेसबुक पोष्टमा ग्रेम्सले आफूलाई अस्पतालले ननिकालेको दाबी गर्दै अब आफ्नो जीवनको अघिल्लो अध्यायमा केन्द्रीत हुने बताएकी छन् ।

ओरेगनमा पछिल्लो समय रेकर्ड संख्यामा कोभिड–१९ का बिरामीहरुको संख्यामा वृद्धि भइरहेको छ । सालेम हेल्थ रहेको मारियन काउन्टीमा उक्त राज्यको सबैभन्दा धेरै संक्रमित पाइएको थियो ।