२४ घण्टा यता नेपालमा कति थपिए कोरोना संक्रमित ?

२० मंसिर, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ।

शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर संक्रमितको संख्या १४ हजार २ सय ५५ रहेको छ भने ५ सय ३६ जना क्वारेन्टिनमा छन्।

[sidebar name="button post"]