कसिलो पेटी बाँध्दा हुन् सक्छ यस्तो खतरा

काठमाडौँ । प्राय हामी कतै नयाँ ठाउँ, बजार, स्कुल, कार्यालयमा जादाँहोस् जो-सुकै मानिसले पेन्ट सर्ट र कोटसँग बेल्ट पनि बाध्ने गर्दछन् ।

पेटीले पेन्टलाई कम्मरको ठीक ठाउँमा रहन मद्दत पुर्याउँछ भने सर्टलाई समेत पेन्टबाट बाहिर निस्किन दिदैन । अक्सर कहिले कहिँ हामी पेटी टाइट बाध्ने गर्दछौँ । यस्तोमा कम्मरको नसा च्यापिनुको साथै अन्य स्वास्थ्य समस्या पनि उत्पन्न गराउँछ ।

कसिलो पेटी बाँध्दा हुन् सक्छ यस्तो खतरा :
१. कसिलो पेटी बाँध्दा खुट्टा सुन्निने समस्या देखा पर्दछ ।
२.अक्सर गर्भवती महिला पेट सानो बनाउन कसिलो पेटी बाध्ने गर्दछन् । तर यस्तो भुलेर पनि नगर्नुहोस्,अन्यथा गर्भ खेर जान सक्छ ।
३. कसिलो पेटी बाँध्दा शरीरमा राम्रोसंग रक्त सञ्चार हुन पाउदैन् ।
४. पेटी बाँध्दा कसैलाई चिलाउने समस्या पनि हुन्छ तर चिलाउने क्रमा कसैको शरीरमा डाम खतरा पनि हुन्छ ।
५. लामो समय कसिलो पेटी बाध्दा पेल्भिक क्षेत्रमा दबाब पर्दछ र स्पर्मको संख्या घटाउँछ ।
६. कसिलो पेटी बाँध्दा खाना राम्ररी पच्न पाउँदैन ।
७. लामो समय कसिलो पेटी बाध्दा कब्जियतको समस्या हुन्छ ।
८. यस्तो बानीले खुट्टाको हड्डि कमजोर पार्दछ ।
९. कतिपय अवस्थामा यस्तो बानीले एसिडिटीको समस्या पनि गराउँछ ।

[sidebar name="button post"]