२० मंसिर, काठमाडौँ । २४ घण्टायता काठमाडौँ उपत्यकामा शनिबार थप ४६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३४९, भक्तपुरका १८ तथा ललितपुरका ६५ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ। शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर संक्रमितको संख्या १४ हजार २ सय ५५ रहेको छ भने ५ सय ३६ जना क्वारेन्टिनमा छन्।
[sidebar name="button post"]











