भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नरवाणेलाई शीतलनिवासमा मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् ।
नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलनको निरन्तरता स्वरुप नरवाणेलाई मानार्थ महारथीको उपाधि दिन लागिएको हो ।
भारतीय सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमणको लागि बुधबार काठमाडौं आएका थिए । उनले राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।












