कार्तिक २०,बङगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम ढाका प्रस्थान गरेको छ । नेपाली टिम आज बिहान दस बजे बंगलादेश प्रस्थान गरेको हो ।
किरण चेम्जोङको कप्तानीमा २५ खेलाडी, एक ब्यवस्थापक, तीन प्रशिक्षक सहित ३५ जनाको टोली आज ढाका गएको हो । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीलाई हिजो विदाई गरेको थियो । ढाका जाने टिममा ८ नयाँ खेलाडी रहेका छन् । नेपालले बङगलादेशसँग ढाकामा कार्तिक २८ र मंसिर २ गते गरी दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
टिममा सहायक प्रशिक्षकमा किरण श्रेष्ठ, गोलकिपर प्रशिक्षकमा विकास मल्ल छन् । नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा बङगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।












