Ad #144479

नेपालमा थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा १२०९ महिला र १८४२ पुरुष गरी ३ हजार ५१ जनालाई संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । उनीहरुमध्ये एक हजार ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ४८ हजार ४०८ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ३ हजार ४०३ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३६ हजार ५१४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ५७४ संक्रमित होम आइसोलेसनमा छन् भने ४२८ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो चौबिस घण्टामा मात्रै काठमाडौं उपत्यकामा मात्र १३९८ संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौंका १०९१ जना, ललितपुरका १६० र भक्तपुरका १४७ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।