Ad #144479

सर्वोच्च अदालतले मुद्दा सुनुवाइमा पक्ष र विपक्षका दुई दुईजना कानुन व्यवसायीले मात्र बहस गर्न पाउने कडा नियम जारी गरेको छ ।

सर्वोच्चका उपरजिस्टार देवेन्द्र ढकालद्धारा जारी गरिएको सुचनामा मुद्दा, रिट तथा निवेदनलगायतका विषयमा पक्ष विपक्षको तर्फबाट एक एक प्रमुख कानुन व्यवसायी तथा एक एकजना सहयोगी कानुन व्यवसायीले बहस गर्न पाउने व्यवस्था रहेको उल्लेख छ ।

मंसिर ८ गतेदेखि लागू हुने यो व्यवस्थाअनुसार एकभन्दा बढी कानुन व्यवसायी भए अरुले बहस नोटमात्र पेश गर्न पाउनेछन् । बहस नोटलगायतका लिखत इमेल ठेगानाबाट पठाउने व्यवस्था गरेको छ । वरिष्ठ अधिवक्ताहरुले भने सर्वोच्चको यो निर्णयप्रति असहमति जनाएका छन् ।