शुक्रबार थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा शुक्रबार थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनामुक्त भएर ४ हजार ९६ घर फर्किएका छन् ।

२४ घण्टामा १४ हजार ९ सय ८९ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३ सय ५७ जना छन् भने २ हजार ६ सय ६६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

[sidebar name="button post"]