नरेश र समिक्षाको संयुक्त आवाजमा ‘पिपलू बर’ सार्वजनिक

दर्शकश्रोताले निकै मन जित्न सफल जोडी नरेश खाती र समिक्षा अधिकारीको संयुक्त आवाजमा ‘पिपलू बर’ भर्खरै सार्वजनिक भएको छ ।

‘माया मारेर, नजाउन निरमाया एक्लै पारेर’ गीत गाएर दर्शकश्रोताको मन जित्न सफल खाती र अधिकारको संयुक्त आवाजमा रहेको दोस्रो गीत पिपलू बर भिडियोसहित सार्वजनिक भएको हो ।

गीत पिपलू बरमा गायक स्वयम् खातीकै शब्द संगीत रहेको गीतमा कलाकार पल शाह र अस्मिता पन्तको अभिनय रहेको छ । विक्रम चौहानको निर्देशन रहेको गीतलाई विशाल ईन्टरटेन्मेन्टको अफिसियल युट्युवमार्फत समर्वजनिक गरिएको हो ।

[sidebar name="button post"]