धापासीमा २५ वर्षीय युवकको छुरा प्रहार गरी हत्या

धापासीमा छुरा प्रहार गरी युवकको हत्या भएको छ । तनहुँ घर भइ हाल धापासीमा बस्दै आएका २५ वर्षीय आशिष मगरको छुरा प्रहार गरी हत्या भएको हो ।

हत्या आरोपमा प्रहरीले दिवस अधिकारी, रवि थापा मगरलाई पक्राउ गरेको छ । आरोपित अन्य दुई जना अझै फरार छन् । प्रहरीका अनुसार फरारको खोजी कार्य जारी रहेको र पक्राउ परेकासँग सोधपुछ भइरहेको छ ।

छुरा प्रहारबाट ज्यान गुमाएका मगरको शव त्रिवि शिक्षण महाराजगन्जमा राखिएको छ । उनले वाल पेन्टिङ गर्ने काम गर्दै आएका थिए ।

[sidebar name="button post"]