बाँकेमा थप एकजना संक्रमितको मृत्यु

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजीका ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि २७ गते अस्पताल भर्ना भएका ती पुरुषको शुक्रबार राति १० बजेतिर उपचारका क्रममा मृत्यु भएको हाे ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १४० पुगेको छ ।

[sidebar name="button post"]