धनुषामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ निवासी ६५ वर्षीया महिलाको शनिबार बिहान २ बजेतिर मृत्यु भएको हो ।
ज्वरो आएर सास लिन कठिनाइ भएपछि महिलालाई शुक्रबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो । उनको शुक्रबारै स्वाब लिएर परीक्षण गर्दा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको थियो ।
मृतक महिलामा उच्च रक्तचाप, मधुमेह र दमसमेत देखिएको थियो । योसँगै धनुषामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
[sidebar name="button post"]










