पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ‘जसपा’ का नेता डा। बाबुराम भट्टराई र उहाँको धर्मपत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना संक्रमण भएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्वीटमार्फत आफूहरुमा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिनुभएको हो ।
भट्टराईकाअनुसार शुक्रबार गरिएको स्वाब संकलनको आज शनिबार आएको रिपोर्टमा दुवैजनाको पोजेटिभ देखिएको छ । भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हिसिला र म दुवैलाई कोभिड १९ को संक्रमण पुष्टि भएको छ, कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो ।”
उहाँ अगाडि लेख्नुभएको छ, “चिकित्सकहरुको सल्लाह बमोजिम हामी होम आइसोलेशनमा नै रहनेछौं । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरु सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ ।”
हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafe pic.twitter.com/XbaDvIpvHE
— Baburam Bhattarai (@brb1954) October 24, 2020











