टीकाको दिनसम्म देशभर मौसम सफा

जल तथा मौसम पूर्वानुमान महाशाखाले यस बर्ष दशैंको टीकाको दिनसम्म देशभर मौसम सफा हुने जनाएको छ । महाशाखाका अनुसार यस वर्ष हिले दशैँ नहुने भएको छ ।

पूर्वी भागको आकाशमा अलिअलि बादल लाग्ने र विशेष गरी प्रदेश १ को पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना भए पनि त्यसले केही असर नपर्ने मौसमविदको पूर्वानुमान छ । प्रदेश १ को पहाडी भागका केही जिल्लामा पानी पर्दा पनि क्षणिक मात्रै र हल्कामात्रै हुने हो भएकाे छ ।

प्रदेश नं. १ सँग नजिक भएका प्रदेश नं.२ र बागमती प्रदेशका कुनै–कुनै ठाउँमा पनि बादल देखिने छ । तर पानी भने नपर्ने भएको छ । माहाशाखाका अनुसार श्चिम नेपालको आकाश भने पूरै छ्याङ्ग हुने छ ।

यो वर्ष विजया दशमीको टीका लगाउने उत्तम साइत कार्ति १० गते बिहान १० बजेर १९ मिनेटको लागि जुरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

 

[sidebar name="button post"]