Ad #144479

असोज २८, काठमाडौं उपत्यकामा १४०३ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा नौ सय ९६ जना, ललितपुरमा तीन सय पाँचजना र भक्तपुरमा एक सय दुई जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आज दुई हजार ६ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई हजार एक सय ७४ जना निको भएर डिस्चार्ज भएका छन् ।