मन्त्रीपरिषद् पुनर्गठन, अर्थमा बिष्णु पाैडेल, नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार ११ बजे

असाेज २८, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् पुर्नगठन गर्नुभएकाे छ । आज तीनजना नयाँ मन्त्री नियुक्त भएका छन् भने केहीको जिम्मेवारी हेरफेर भएकाे छ। नवनियुक्त तथा हेरफेरमा परेका मन्त्रीहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

बिहीबार बिहान साढे ११ बजे शीतलनिवासमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयाे । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ नेकपा महासचिव विष्णु पौडेललाई अर्थ, काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

ओलीले रक्षा मन्त्रालय ईश्वर पोखरेलबाट खोसेर आफैँसँग राख्नुभएकाे छ । उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएकाे छ । यसअघि महिला तथा बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ । महिला बालबालिका मन्त्रालयको जिम्मा लीला श्रेष्ठलाई दिइएको छ ।

[sidebar name="button post"]