Ad #144479

असोज २८ ,काठमाण्डौ। देशभर काेराेनाका सक्रिय संक्रमितको संख्या ३६,३६७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा १४ हजार ८१९ र होम आइसोलेशन २१ हजार ५४८ जना रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर भएको छ । यस्तै देशभर बितेको २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।