केहि ठाउँमा आज अति ठुलो पानी पर्ने

भदाै २४, देशका विभिन्न ठाउँमा ठुलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो ६ घण्टा ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहुँ, कास्की नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ लगायतका जिल्लाका केहि ठाउँमा ठुलो पानी परेको महाशाखाले जनाएको छ ।

ती जिल्लामा साना देखि ठुला खोला तथा नदीमा आकस्मिक रुपमा बाढी आउन सक्ने भएकाले सर्तक रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

पूर्वका मेची, निन्दा, बिरिङ, मावा रतुवा र कन्काईको तल्लो तटिय क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले १० बजे सम्म सतर्क रहन शाखाले अनुरोध गरेको छ ।

यस्तै आज विहान नारायणगढ मुग्लिङ सडक खण्डको कालीखोला आसपासमा अति ठुलो बर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले बाढी र पहिरोको उच्च जोखिम रहेको छ ।

आज दिउँसो र राती प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केहि ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

[sidebar name="button post"]