सन्दिप आवद्ध तालवाज सेमिफाइनलबाटै बाहिरियाे

भदाै २४, क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा नेपालमा सन्दिप लामिछाने आवद्ध जमैका तालवाज सेमिफाइनलबाटै बाहिरिएको छ । गएराती भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएसँगै जमैका अन्तिम चारबाटै बाहिरिएको हो ।

जमैकाले दिएको दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर भेट्यायो । उसका लेन्ड्स सिमोन्सले नटआउट ५४ र टिओन वेब्स्टरले नटआउट ४४ रन बनाए ।

सन्दीपले ४ ओभरमा २९ रन दिएर कुनै विकेट लिन सकेनन् । यो सिजन सन्दिपले ११ विकेट लिए । ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ ।

[sidebar name="button post"]