रोनाल्डोको नाममा नयाँ किर्तिमान

भदाै २४, पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेका छन् ।

नेसन्स लिग अन्तरगत गएराती भएको खेलमा स्विडेनविरुद्ध दुई गोल गर्दै रोनाल्डोले एक सय गोलको किर्तिमान पुरा गरेका हुन् । स्विडेनसँगको खेलमा पहिलो हाफमा फ्रि किकमार्फत गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए ।

हिजो गोल संख्या एक सय एक पुर्याएका रोनाल्डो राष्ट्रिय टिमबाट सय गोल पुरा गर्ने पहिलो युरोपेली फुटबलर बनेका छन् । राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईले मात्र रोनाल्डो भन्दा बढी एक सय नौ अन्तराष्ट्रिय गोल गरेका छन् ।

[sidebar name="button post"]