भाद्र २०, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा चार सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाको काठमाण्डौमा तीन सय २६ जना, ललितपुरमा ३७ जना र भक्तपुरमा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै आज एक हजार पाँच सय ६६ जना निको भएसँगै कोरोना संक्रमण निको हुनेको संख्या २७ हजार एक सय २७ पुगेको छ । अब नेपालमा १७ हजार ८७० जना सक्रिय संक्रमित छन् ।
यसमध्ये एक सय ६७ जना आइसीयू र २४ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा नौ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या दुइ सय ८० पुगेको छ ।
[sidebar name="button post"]









