विकास मल्ल राष्ट्रिय टोलीका गोलरक्षक प्रशिक्षक

साउन २०,अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक कमिटीले विकास मल्ललाई नेपाली राष्ट्रिय टिमको गोलरक्षक प्रशिक्षक नियुक्त गरेको छ । विकास नेपाली राष्ट्रिय टिमका पूर्व गोलरक्षक हुन् ।

सन् २००५–२०१३ बीच नेपाली राष्ट्रिय टिमका पहिलो रोजाइका गोलरक्षक रहेका विकासको घुँडाको चोटका कारण खेलजीवन लामो समय चल्न सकेन । कतारमा घुँडाको शल्यक्रिया गरिए पनि उनी खेलमा फर्कन सकेनन् ।