साउन २०, नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा थप दुइ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१ हजार ९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ६५ जना घर फर्किएका छन् ।
यो सँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १५ हजार २६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । अहिले पाँच हजार नौ सय २५ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने १० हजार ४ सय ५२ जना क्वरेण्टीनमा रहेका छन् ।