थपिए ४१८ संक्रमित

साउन १९, गएको २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज ३ सय ५८ जना निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १४ हजार नौ सय ६१ पुगेको छ । अहिले पाँच हजार ७ सय ३५ जना आइसोलेसनमा रहेका छन् ।१० हजार चार सय ५२ जना क्वारेन्टिनमा रहेका छन् ।