कागेश्वरी महादेव मन्दिरमा जनैपूर्णिमाको चहलपहल (फोटो फिचर)

रमिता दंगाल

साउन १९ ,काठमाडौँ। साउनको तेस्रो सोमबार, साउन शुक्लपूर्णिमाका दिन काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा निकै चहलपहल देखिएकाे छ ।

साउने सोमबारको दिन शुद्वमनले ब्रत बस्दा पारिवारीक सुख, शान्ती र मनोकांक्षा पूर्ण हुने जनविश्वास रहिआएको छ । साथै आज जनैपुर्णिमा पनि भएकाले भक्त जनकाे विशेष चहलपहल देखिन्थ्यो ।

साउनको सोमबार भगवान शिवको पूजा आराधना गरी वर्त गर्ने चलन छ । यसै अवसरमा कागेश्वरी मन्दिर पुगेर आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने गरिन्छ।

यो वर्ष कोरोना भाइरसको महामारीका कारण शिवालयमा भक्तजनहरुको चहलपहल घटे पनि जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व र साेमबार समेत परेकाले अघिल्ला साेमबार भन्दा बढी चहलपहल देखिएको हाे ।